इन्जिनियरिङ्ग स्नातकतर्फको शुल्कबृद्धि विरुद्ध होम हालेर सांकेतिक बिरोध
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ । बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ‘आईओई’ ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसि कार्यलय अगाडि होम हालेर सांकेतिक बिरोध जनाएको हो । उनीहरुले इन्जिनियरिङको आइटी तर्फको शुल्कलाई घटाउनका लागि दवाव दिन आन्दोलन गरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सुचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बीई बीआर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।
प्रतिक्रिया