प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ : स्वर्णिम वाग्ले

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताउका छन् ।

आज दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताएका हुन् ।

नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा वाग्लेको भनाइ छ । “एक प्रतिशत ब्याज भए  ऋण नै लिए पनि फरक पर्दैन । ३०-४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ”, उनले भने, “केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।”

उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पारे ।

प्रतिक्रिया