प्रतिनिधि सभाको १० वटै समितिका सभापति निर्विरोध चयन

दलीय भागवण्डामा सभापति बाँडफाँड

प्रतिनिधिसभा अन्तर्गतका विषयगत सबै दश वटै समितिका सभापति निर्विरोध भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै सबै समितिका सभापतिहरु निर्विरोध चयन भएका हुन । पराजुलीको उम्मेदवारी फिर्तासँगै उद्योग समितिमा जनमत पार्टीका अब्दुल खान सभापति भएका छन । समितिमा कांग्रेसका तर्फबाट अर्थमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासनमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणा देउवा निर्विरोध भएका छन् । नेकपा एमालेका तर्फबाट सार्वजनिक लेखामा ऋषिकेश पोख्रेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा जनमतका अब्दुल खान, एकीकृत माओवादीका तर्फबाट कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदी निर्विरोध भएका छन् । जसपाका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा राजकिशोर यादव र एकीकृत समाजवादीका तर्फबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भानुभक्त जोशी निर्विरोध चयन भएका छन् । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह निर्विरोध भएका छन् । दलहरुको भागबन्डाकै कारण दश संसदीय समितिका सभापति निर्विरोध भएका हुन् ।। 

प्रतिक्रिया