सत्ता समीकरण भत्काउन कोसिस नगरे हुन्छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले र कांग्रेसको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण बनाउन कसैले पनि कोसिस नगर्न आग्रह गरेका छन् ।

एमाले र कांग्रेसको वर्तमान सत्ता समीकरण आगामी निर्वाचनसम्म नै कायम रहने बताउँदै गठबन्धनभित्र र बाहिरबाट भत्काउने कोसिस सफल नहुने उनी बताउछन् ।

रुपन्देही उद्योग संघको ४७ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कति बेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुन सक्ने बताए । 

उनले विगतको अनुभव काम नलाग्ने बताउँदै वर्तमान सत्ता गठबन्धनको सरकार २०८४ सम्म नै कायम रहने उनले भने ।

निजी क्षेत्रले खोजेको नीतिगत स्थिरता वर्तमान सरकारबाट मिल्ने पौडेलको भनाइ थियो ।

’तपाईंहरूले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ । यो सरकारको लाभ लिने हिसाबले तपाईंहरू अघि बढ्नूस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु,’ उनको भनाइ थियो ।

प्रतिक्रिया