बि.आर.आई अन्तर्गत अनुदान नै उपयुक्त हुन्छ : उपप्रधानमन्त्री सिंह

कास्की । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले बिआरआई परियोजनाअन्तर्गत सडक, शुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिएका हुन् ।

“वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिन्छ । परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुन्छ”, उनको भनाइ छ ।

मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल गर्न र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको बताउँदै उनले सहमति र सहकार्यका आधारमा सरकार अघि बढिरहेको बताए ।

सरकारले सहकारीसहित अन्य अनियमितताको कानुनअनुसार अनुसन्धान अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए ।

प्रतिक्रिया