निःशुल्क दन्त स्वास्थ्य शिविर सिन्धुलीको तिनपाटनमा हुँदै

सिन्धुली । यस सिन्धुलीको तिनपाटन गाँउपालिका द्धारा आयोजित बृहत निःशुल्क दन्त स्वास्थ्य शिविर मसिर २९ गते शनिबार र ३० गते आइतबार बिहान आँठ बजे देखि चार बजे सम्म प्राथमिक स्वास्थ्य केन्द्र एघार लाम्पन्टारमा र बेलबारीमा पुस १ गते सोमबार बिहान आँठ बजे देखि चार बजे सम्म प्राथमिक स्वास्थ्य केन्द्र एक बेलबारीमा निःशुल्क दन्त स्वास्थ्य शिविर हुने भएको छ ।

यसको प्राविधिक सहयोग चाहि समाज डेन्टलले गर्ने भएको छ । दन्त स्वास्थ्य शिविरमा समाज डेन्टलले गर्ने निशुल्क सेवा दाँत तथा मुख सम्बन्धी सम्पुर्ण परामर्श ,नक्कली दाँत राख्ने,खराब दात निकाल्ने,मुख तथा गिजाको उपचार साथै दन्तरोग सम्बन्धी सम्पुर्ण परामर्श गर्ने,एक्स–रे सेवा,औषधीजन्य स्रामग्री बितरण गर्ने समाज डेन्टलका प्रबन्धक सबिन घिमिरेले जानकारी दिए ।

उनले भने यसको निःशुल्क दन्त स्वास्थ्य शिविरमा आजै बाट नाम दर्ता गराउनको लागि खुल्ला गरिएको घिमिरेले बताए । घिमिरेले भने निःशुल्क दन्त स्वास्थ्य शिविरमा उपस्थित भई भरपुर फाइदा उठाउनहुन सम्पुर्ण तिनपाटन वासिहरुलाई समेत आग्रह गरे । 

प्रतिक्रिया