इजरायलसँगको युद्ध बिराममा आफूहरुको जित भएको हिजबुल्लाह प्रमुखको को दाबी


एजेन्सी । लेबनानमा रहेको इरान समर्थित सशस्त्र मुस्लिम लडाकू समूह हिजबुल्लाहका प्रमुख नइम कासिमले इजरायलसँगको युद्धविराम संझौतामा आफूहरुको जित भएको दाबी गरेका छन् । 

गत मंगलबार इजरायल र हिजबुल्लाहबीच युद्ध बिराम भएको थियो । युद्धबिराम पछि पहिलोपल्ट बोलेका कासिमले  सम्झौतालाई हिजबुल्लाहको लागि “महान विजय“ भनेर वर्णन गरेका छन् भने लेबनानी जनताको धैर्यताको प्रशंसा गरे।

गत मंगलबार इजरायल र हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौता भने गत बुधबारबाट लागू भएको थियो । यद्यपि दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघनको आरोप लगाउँदै आएका छन्। यो सम्झौता अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको हो । युद्ध बिरामको शर्त अनुसार ६० दिन भित्र, हिजबुल्लाहले ब्लू लाइनबाट आफ्ना लडाकु र हतियारहरू फिर्ता लिने र इजरायली सेनाहरू दक्षिणी लेबनानबाट चरणबद्ध रूपमा फिर्ता हुने छन् । यस अघि इजरायलको हिजबुल्लाहसँगको अन्तिम युद्ध सन् २००६ मा भएको थियो। हिजबुल्लाह प्रमुख कासिमले भनेका छन्,“हामीले जित्यौं किनभने हामीले दुश्मनलाई हिजबुल्लाहलाई नष्ट गर्नबाट रोक्यौं,“हामीले जित्यौं किनभने हामीले प्रतिरोधलाई नष्ट वा अपांग हुनबाट रोक्यौं।“

प्यालेस्टाइनलाई हाम्रो समर्थन रोकिने छैन। “हामीले बारम्बार भनिसकेका छौं कि हामी युद्ध चाहँदैनौं, तर हामी गाजालाई समर्थन गर्न चाहन्छौं र यदि इजरायलले युद्ध थोपर्छ भने हामी त्यसको लागि तयार छौं।“
उनले प्यालेस्टाइनी लडाकू समूह हमासप्रति आफूहरुको पूर्ण समर्थन रहेको पाि बताएका छन् । इजरायलले युद्ध गर्छ भने त्यसको लागि हिजबुल्लाह तयार रहेको पनि उनले चेतावनी दिएका छन् ।

 यसैबीच इजरायली सेनाले  दक्षिणी लेबनानका ६० गाउँका मानिसहरूलाई युद्ध बिराम भएपनि घर नफर्किन चेतावनी दिएको छ।इजरायली सेनाले आफ्नो चेतावनीमा भनेको छ, “बासिन्दाहरू यहाँ नफर्किनुहोला र जो कोही फर्किन्छन् उसले आफैलाई जोखिममा पार्नेछ।“ यसको मतलव इजरायलको बिजबुल्लाह लक्षित युद्ध नसकिएको संकेत हुनसक्छ । 

प्रतिक्रिया