बोट बाटै सुन्तला झर्न थाले पछि म्याग्दीका किसान चिन्तित

म्याग्दी । बजार पठाउने समयमा बोट बाटै सुन्तला झर्न थाले पछि म्याग्दीका किसान चिन्तित भएका छन् । 

सुन्तला म्याग्दीको प्रमुख फलफुल बाली हो । बोटमै दाना भित्र किरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको हो । कात्तिकको तेस्रो हप्ता देखि सुन्तला झर्ने समस्या देखिएको छ । बोटमा राम्रो फल लागेपनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।

बोट बाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको छ । प्राविधिकहरुले झरेका सुन्तलाका दानालाई पलास्टिकको थैलोमा राखेर बन्द गर्न, बगैचामा टाइट ट्याप अर्थात पासो थाप्न र धुवा बनाउन प्राबिधिकले सुझाएका छन् । 

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिकटन सुन्तला बिक्री भएको थियो । म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ ।
 

प्रतिक्रिया