ट्रम्पलाई भेट्न अमेरिका पुगे क्यानडाका प्रधानमन्त्री ट्रुडो

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन् । 

केही दिन अघि मात्र ट्रम्पले क्यानडाका उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यहीबीच ट्रुडोले ट्रम्प सँग भेटवार्ता गर्न लागेका हुन् । क्यानाडाली प्रधानमन्त्री ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण भएको बी.बी.सी.जे जनाएको छ । 

उनी ट्रम्पलाई भेट्न उनको घर अर्थात् मार–ए–लागो एस्टेटमा जानेछन् । ट्रम्पले जनवरी २० मा आफूले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडा बाट अमेरिकामा आउने सबै उत्पादनमा उच्च कर लगाउने घोषणा गरेका छन् । अहिले ट्रुडो र ट्रम्प भेटवार्ता हुन लागेको बारे दुवै पक्षले कुनै जानकारी नदिएको पनि बी.बी.सी.ले उल्लेख गरेको छ । 

यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा पनि नरहेको र दुवै नेताले सँगै डिनर गर्ने समाचारमा उल्लेख छ । 
 

प्रतिक्रिया