राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, चार करोडसम्म पाउने व्यवस्था

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन नीतिमा संशोधन गर्दै केही लचिलो बनाएको छ । यसको संशोधनपछि उत्पादनमुलक उद्योगलाई कर्जामा केही सहज भएको छ । चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई दोस्रो पटक संशोधन गरिएको हो । सोमबार केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उत्पादनमुलक उद्योगले ३ करोडसम्मको चालुपूँजी कर्जा प्रयोग गर्दा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा जनाएको प्रतिवद्धता अनुसार चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गरेको बताएको छ । अन्य व्यवसायको हकमा समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा उक्त मार्गदर्शन लागु नहुन व्यवस्था यथावत रहेको छ । राष्ट्र बैंकले यसअघि सबै कर्जाको लागि एक करोडको सीमा रहेकोमा अब उत्पादनमुलक उद्योगको लागि भने ३ करोडको सीमा तोकेको हो । अब उत्पादनमुलक उद्योगलाई ४ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने व्यवस्था गरेको छ ।यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने संशोधित व्यवस्थामा उल्लेख छ । राष्ट्र बंकका अनुसार अब उत्पादनमूलक उद्योगले अधिकतम ४ करोडसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । संशोधित मार्गदर्शनअनुसार फर्म÷संस्था÷कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ परिपत्रमा भनिएको छ । रसायनिक मल खरीद, चाडपर्वसँग सम्बन्धित व्यापार लगायतमा बैंकहरुले औचित्यको आधारमा आकस्मिक प्रकृतिको चालुपूँजी कर्जा प्रवाह गर्न सक्ने भएका हुन् । 
 

प्रतिक्रिया