पश्चिम बंगालको पटका कारखानामा बिस्फोट, ७ जनाको मृत्यु

भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ । अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयले जनाएको छ । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेहरुको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।
 

प्रतिक्रिया