साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ५४ अंकले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा पुगेको हो । आज ३८ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै कारोबारमा आईएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट र माछापुच्छ्रे बैंक क्रमशः अगाडि रहे ।  आज २८ कम्पनीको मूल्य बढ्दा १ सय ९५ को घटेको छ भने ४ को स्थिर रहेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झन्डै साढे छ प्रतिशतले घटेको छ । कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।


 

प्रतिक्रिया