कीर्तिपुरका माओवादी र स्वतन्त्र उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका माओवादी नेता र स्वतन्त्र उम्मेदवार निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीरण सोधेको हो ।

निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरित कार्य गरेकाले स्पष्टीकरण सोधेको हो । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरित गतिवधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोगले भन्यो ।

कीर्तिपुरमा यहि मंसिर १६ गते आइतबार उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया