माइतीघरमा रवि लामिछानेका समर्थकले गरे प्रदर्शन
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेको समर्थनमा रास्वपाका नेताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले ‘रवि दाइलाई रिहा गर’ लगायत नाराका साथ माइतीघरमा प्रदर्शन गरेका हुन् ।
काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । यता उनका समर्थक र कार्यकर्ताहरुले भने रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
पोखराको प्रहरी हिरासतमा रहेका उनलाई थप बयानका लागि हिजो काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया