बागमती नदीमा छाडियो मेलम्चीको पानी
काठमाडौं । बाला चतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्र बाट बागमती नदीमा थप पानी छाडिएको छ ।
आज (शुक्रबार)साँझ पशुपति स्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझ देखि मेलम्चीको पानी छाडिएको मेलम्ची खाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
उनले भने, “बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबार देखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ ।”
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बाला चतुर्दशीका दिन पशुपतिनाथ स्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नान देखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।
रासस
प्रतिक्रिया