सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण
एजेन्सी । सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ । पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर अल–असदको सेना विरुद्ध विद्रोहीले गरेको यो ठूलो आक्रमण हो ।
तीन दिन देखिको आक्रमण बाट इस्लामिक लडाकु समूह एचटीएस र सहयोगी गुटहरूले एकसाथ आक्रमण गरेर एलेप्पो र इदबिल प्रान्तका कैंयौं शहर तथा गाउँहरु आफ्नो नियन्त्रणमा लिएका छन् । ती क्षेत्रहरुबाट सरकारी सेना पछि हटेको विद्रोहीको दाबी छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा दुवै पक्षका १ सय ८० भन्दा बढी लडाकु मारिएको बताएको छ । विपक्षी नियन्त्रित क्षेत्रमा सिरिया र रुसको हवाई हमलामा कम्तीमा १९ जना सर्वसाधारण पनि मारिएका छन् ।
सन् २०११ मा शान्तिपूर्ण प्रजातन्त्र पक्षधर विरोध प्रदर्शनमा सरकारले हिंसात्मक दमन गरेपछि शुरु भएको गृहयुद्धमा ५ लाख भन्दा बढी मानिस मारिएका छन ।
प्रतिक्रिया