अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
एजेन्सी । अष्ट्रेलियाले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबै भन्दा कडा नियन्त्रण मध्ये एकलाई अनुमोदन गर्दै १६ वर्ष मुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेको छ ।
विधेयकलाई संसदका दुवै सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको हो । विधेयक बुधबार संसद्को तल्लो सदन बाट र बिहीबार साँझ सिनेट बाट पारित भएकाले कानून बन्ने निश्चित भएको हो ।
विधयेक पारित भएपछि सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्न बाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ । ऐन पालना नगरे पाँच करोड अष्ट्रेलियन डलर सम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको शुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् । अष्ट्रेलियाका अभिभावकहरूलाई यसबाट टाढा रहन आह्वान गरेका छन् ।
प्रतिक्रिया