एन.पी.एल.को प्रत्यक्ष प्रशारण डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एन.पी.एल.) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ ।
साझेदारी अन्तर्गत डिशहोमले क्रिकेट प्रेमीहरूलाई एन.पी.एल. २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ । डीसहोमको पहल सँगै एन.पी.एल. २०२४ का सम्पुर्ण खेलहरु नेपाल भित्र जुनसुकै स्थान बाट सहज रुपमा हेर्न सकिनेछ ।
सम्झौताका अवसरमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न डिश मिडिया नेटवर्क सधँै तत्पर रहेको बताए । एन.पी.एल. २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पुर्याउन मद्दत गर्नुका साथै देशभरका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको छ ।
एन.पी.एल. २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रि.वि. क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।
प्रतिक्रिया