पोखराको बाँझो जग्गामा कागतीखेती
गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्ष देखि कागतीखेती शुरु गरेका छन् ।
गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालक समेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती शुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।
कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेश अन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकम बाट अनुुदान सहयोग पनि पाएका छन् ।
कार्यक्रमका लागि कुल लागत ७ लाख ८१ हजार ४ सय रहेकामा आयोजनाबाट ३ लाख ९० हजार ७ सय स्वीकृत अनुुदान रहेको छ भने ३ लाख ९० हजार ७ सय त्रिपाठी स्वयंले व्यहोरेका छन् ।
कागतीको उत्पादन गर्दै आय बढाउने र यस बाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।
रासस
प्रतिक्रिया