२४ घण्टे निषेधाज्ञा हटेसँगै  धरानमा चहलपहल शुरु

सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेसँगै अवस्था सामान्य बनेको हो । 
हिजो दिनभर धरान सुनसान बनेको थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले धरानमा भइरहेका गतिविधिले नकारात्मक प्रभाव पार्ने भन्दै संवादको माध्यमबाट समस्या समाधान गर्न अपिल गरेका छन । त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगले हिजो विज्ञप्ति निकालेर सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । धरानमा सामाजिक एकता कायम गर्न विभिन्न राजनीतिक दल, त्यहाँका पूर्व प्रमुखदेखि अहिलेका प्रमुख हर्क साम्पाङ राई, विभिन्न संघसंस्था र नागरिक समाजले पनि आग्रह गरेका छन् । 
 

प्रतिक्रिया