पश्चिम दाङ जोड्ने सडक निर्माण शुरु
दाङ । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहते देखि शान्तिनगरको बाघमारे सम्म सडक निर्माण शुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण शुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
शारदा निर्माण सेवा सहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष १ करोड ४० लाख र चालु वर्षमा १ करोड ८२ लाख पेश्की प्रदान गरिएको छ । “अहिले पर्याप्त बजेट छैन, ठेकेदार कम्पनीले पेश्कीका आधारमा काम शुरु गरेको छ”, उनले भने ।
हाल गहतेखोला बाट आठ दशमलव आठ किलोमिटर सम्मलाई स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाइने छ भने त्यसलाई कालोपत्र पनि गरिने जनाइएको छ । उक्त सडक स्तरवृद्धिका लागि १६ करोड ५० लाखमा सम्झौता भएको छ ।
उक्त सडकको बिहीबार लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थ मन्त्री धनबहादुर मास्कीले अनुगमन गरेका छन् ।
रासस
प्रतिक्रिया