राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धीमुलक र परिणामुखी बनाउन सरकारको आह्वान

सरकारले असोज दुई गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धीमुलक रुपमा मनाउने भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धीमुलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा दिवस उपलब्धिमुलक र परिणामुखी बनाउन सरकारले काम गरिरहेको बताए । 
मन्त्री राईले नेपाली शिक्षालाई बिस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया