सुचना प्रविधि सुधार नगरी विकास निर्माण र उन्नति हुँदैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुचना प्रविधि क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन । आज वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसारभर प्रविधि क्षेत्रमा विकास गरेका देशहरु धेरै अघि बढिरहेको उल्लेख गरेका हुन । मन्त्री बस्नेतले एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्वपूर्ण सूचनाहरु एकै पटक सबैतर छर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए । 
मन्त्री बस्नेतले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आईटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गरे । आधारभुत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पु¥याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढीरहेको उनको भनाइ थियो । आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी समेत मन्त्री बस्नेतले गरे । सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने उनको भनाइ छ ।
 

प्रतिक्रिया