श्रीलङ्कामा आँधीका कारण ४ जना बालबालिकाको मृत्यु
भारत तर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली उद्धारकर्मीले बिहीबार बताएका छन् ।
उद्धार टोलीका अनुसार श्रीलङ्कामा बाढीका कारण दुई लाख ५० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बङ्गालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।
उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यस क्षेत्रका लागि पनि चक्रबातको खतरनाक जोखिम रहेको पाइन्छ । श्रीलङ्काको तट पार गरिसकेपछि, आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ ।
भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पान्डेचरी तटवर्ती क्षेत्रमा ७० किलोमिटर प्रति घण्टा सम्मको गतिमा प्रवाह हुने अनुमान गरिएको छ ।
श्रील्ङ्काको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएपछि सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेको जनाएको छ । सरकारले सेनाको सहयोगमा राहत कार्य शुरु गरेको जनाएको छ ।
विपद् व्यवस्थापन केन्द्रले अझै पनि बेपत्ताहरुको खोजी गरिरहेको उल्लेख गरेको छ । दक्षिण एसियाली क्षेत्रले वर्षा सँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञहरूले भने जलवायु परिवर्तनका कारण यस्ता खालका समस्याहरू बढ्दै गएको उल्लेख गरेका छन् ।
रासस
प्रतिक्रिया