वित्तीय साक्षरतासम्वन्धी ज्ञान बैंकरले पनि लिनुपर्छ: गभर्नर अधिकार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले केन्द्रीय बैंकका धेरै सेवाबारे बैंकर स्वयंम जानकार नहुने गरेको बताएका हुन । गर्भनर अधिकारीले वित्तीय साक्षरताले  सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए । 
गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको उल्लेख गरे । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए । 
अध्यक्ष ढकालले उद्योगी व्यवसायी, बैंक, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने उल्लेख गरे । अहिले नै पहलकदमी लिएर काम अगाडी बढाउन नसके पछुताउनु पर्ने दिन आउने उनको चेतावनी थियो । 
 

प्रतिक्रिया