उत्तर कोरियाले रुसले प्रयोग गरिरहेको हतियार उत्पादन क्षमता विस्तार गरेको अमेरिकाको भनाई
एजेन्सी । उत्तर कोरियाले हतियार उत्पादन प्लान्टको क्षमता विस्तार गरिरहेको अमेरिकाले जनाएको छ ।
उत्तर कोरियाले युक्रेन विरुद्ध रुसले प्रयोग गरेको क्षेप्यास्त्र निर्माण गर्ने हतियार प्लान्टको क्षमता विस्तार गरिरहेको अमेरिकामा आधारित थिंक ट्याङ्कको नयाँ अनुसन्धानले देखाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो कारखानाले ‘के.एन–२३’ र ‘के.एन–२४’ लगायतका क्षेप्यास्त्र उत्पादन गरिरहेको बताइएको छ । अमेरिकाको मिडलबरी इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीजका अनुसन्धानकर्ताहरूका अनुसार उत्तर कोरियाको दोस्रो ठूलो शहर हामहुङमा अवस्थित कारखानामा उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्लो समय बारम्बार भ्रमण गरेका छन् ।
उत्तर कोरियाली राज्य नियन्त्रित मिडियाले ठूलो मात्रामा सामरिक क्षेप्यास्त्रहरू उत्पादन गरेको दावी गरेको थियो । उत्तर कोरियाले ती क्षेप्यास्त्र रुस पठाएको र रुसले युक्रेन युद्धमा प्रयोग गरिरहेको दाबी गरिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया