महिला टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको तयारी तिव्र

मलेसियामा हुन लागेको आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । अगष्ट ३१ बाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको थियो । नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका खेलाडी कुन खेलाडी कुन ठाउँमा फिट हुन्छन् भन्ने परिक्षण गरिरहेको छ । क्वालिफार्यसको तयारी स्वरुप सोमबार थाइल्यान्डसँग खेल्ने तय भएको हो । नेपालले एसिया क्षेत्र छनोट भदौ १४ देखि भदौ २३ सम्म मा मलेसियामा नै खेल्नेछ । प्रतियोगितामा एघार टोलीको सहभागीता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।

प्रतिक्रिया