कफीको मूल्य सन् १९७७ यताकै उच्च

एजेन्सी । अरेबिका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ ।

न्युयोर्कमा सूचीकृत अरेबिका कफीको एक पाउण्डको मूल्य तीस वर्षको उच्च मूल्य स्तर पार गर्दै ३ सय २० दशमलब १० अमेरिकी सेन्टसम्म पुगेको हो । यो वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिए सँगै मुल्य उच्च भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ब्राजिलमा उत्पादन हुने अरेबिका कफीको मूल्य सन् १९७७ मा अहिले सम्मकै उच्च ३ सय ३७ दशमलब ५० अमेरिकी सेन्ट थियो ।  विश्वको सबै भन्दा ठूलो कफी उत्पादक देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नु परेको छ ।  

यसले सन् २०२५÷२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि कफीको मूल्यमा वृद्धि भएको हो । ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फडानीमा युरोपेली युनियनको नियमन जस्ता भूराजनीतिक कारकहरूले पनि मूल्य बढेको समाचारमा उललेख छ । 

प्रतिक्रिया