शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग विद्यालय शिक्षाक्षेत्र योजनामा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरुले शिष्टाचार भेटघाट गरेका छन् ।
आज भएको भेटवार्तामा मन्त्री भट्टराईले उनीहरुलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गरेकोे सहायताको प्रशंसा गरिन् । उनले विभिन्न विकास साझेदारकोतर्फबाट कार्यान्वयनका क्रममा रहेका विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरुको समीक्षा गरी आगामी दिनमा सहकार्य गर्न सरकार तयार रहेको बताइन् ।
उनले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवाखाजा, सिकाइ सामग्री विकास र प्रयोगजस्ता विषय प्राथमिकतामा राख्न अनुरोध गरिन् ।
उक्त भेटमा नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नर्वे सरकारले नेपालको समग्र शिक्षा क्षेत्रलाई बलियो बनाउन स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताए ।
विकास साझेदार संस्थाका तर्फबाट नेपालका लागि नर्वेजियन राजदूत तोरुनको नेतृत्वमा ‘एडिबी’, ‘युएसआइडी’, ‘युनिसेफ’, ‘युरोपियन युनियन’, ‘वल्र्ड बैंक’, ‘जिपिइ’का प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया