सिरहा सदरमुकाममा रहेको भेटेरिनरी अस्पताल अस्त–ब्यस्त, सेवा नपाउँदा किसान निराश
शिव दयाल यादब
सिरहा । सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ ।
अस्पताल अस्ब्यस्त रहेका कारणले यहाँका पशुपालक किसानहरूलाई गम्भीर असर पुर्याएको छ। सेवा केन्द्रमा आवश्यक पूर्वाधार, जनशक्ति, तथा औषधि अभावका कारण सेवाग्राहीहरू समस्यामा परेका छन्।
मधेश प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा समयमै सेवाको पहुँच नहुँदा पशुहरूको उपचारमा ढिलाइ हुने, रोग पहिचान र रोकथामका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने स्थिति छ। थप रूपमा, कर्मचारीको अभाव र पूर्वाधार जीर्ण हुँदा सेवा लिन पुगेका किसानहरू निराश भएर फर्किन बाध्य भएका छन्।
भवन जीर्ण रहेको र नयाँ भवन हालसम्म सम्पन्न नहुदा रुख मुनिबाटै कार्यालय सन्चालनमा रहेको उक्त कार्यालयका लाइभस्टक छैठो अधिकृत बिरेन्द्र कुमार यादब बताउँछन् । उनले ५ महिना देखी तलब समेत खान नपाएको दुखेसो पोखे ।
सिरहा औरहिका किसान हरि नारायण यादबले जहिले आएपनि अस्पतालको हालत उस्तै रहेको बताए ।
प्रतिक्रिया