बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काममा ढिलाइ, स्थानीयलाइ सास्ती

बुटवल नारारयणगढ सडक निर्माण कार्यमा ढिलाई हुदा यात्रु सवारी चालक व्यावसायी मारमा परेका छन । लामो समयसम्म सडक निर्माण पूरा नहुँदा स्थानीयमा विभिन्न रोग र संक्रमणको त्रास बढेको छ ।। १०० 
१ सय १४ किलो मिटर लामो बुटवल–नारायणगढ सडक स्तरउन्नति  निर्माण कार्यमा लापर्वाहि र ढिला सुस्ति हुदा यात्रु सवारी चालक र स्थानिवासिले समस्या भोग्न बाध्य छन । एक बर्ष अगाडि नै सकिनु पर्ने यो सडकको कामले २ पटक म्याद थप्दापनि कामले गति लिन सकेको छैन् । सडक समयमा नबन्दा डेंगु लगायतका रोग संक्रमणको त्रास पनि बढेको छ । 
सडक निर्माणका काममा सडक दाँया बायाँ भत्काएर समयमा निर्माण कार्य समयमा नहुदा आफ्नो ब्यापार व्यावसाय चौपट भएको व्यवसायीको गुनासो छ । 
ठेकेदार र सडक डिभिजन कार्यालयको लाप्रवाहीका कारण काममा ढिला सुस्ती भएको र सडकका ठाउँ ठाउँमा पानि जमेका कारण रोग संक्रमणको त्रास बढेको जनप्रतिनिधिको पनि भनाइ छ ।  
बुटवलको राजमार्ग चौराह देखि वडा प्रहरी कार्यालय सम्मको करिव १  किलोमिटर सडक खाल्डाखुल्डी पारेर बर्षौ देखि अलपत्र छ । २ घण्टाको यात्रामा पुगिने नारायणगढ अहिले ६ घण्टा लाग्ने गरेको र तेल पनि डवल खर्च हुने गरेको छ । सडक जिर्ण हुँदा सवारी साधन समेत चाँडै बिग्रने गरेका छन । 
बाइट ः दधिराम खरेल अध्यक्ष पश्चिम नेपाल बस व्यवसायी समिति
एक बर्ष अगाडि नै सकिनु पर्ने यो सडकको काम २ पटक म्याद थप्दापनि सकिएको छैन । यो सडक निर्माणको काम हालसम्म करिव ४० प्रतिसत मात्रै पुरा भएको छ । यो सडक निर्माणको ठेक्का चाइना कन्स्टक्सन कम्पनीले लिएको छ ।


 

प्रतिक्रिया