बुटवल उपमहानगरपालिकामा डेंगु खोज र नष्ट गर अभियान

काठमाडौं । बुटवल उपमहानगरपालिकामा डेंगु खोज र नष्ट गर अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय रूपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका पाँचका सम्भावित जोखिमयुक्त क्षेत्रमा डेङ्गुको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको हो ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको पाँच नम्बर वडा डेङ्गु संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेङ्गुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा डेङ्गु फैलनसक्ने सम्भावित स्थान,नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेङ्गु संक्रमण गराउने लार्भा नष्ट गरिएको छ ।

अभियान दुई दिनसम्म चल्ने बताइएको छ । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको उपमहानगरले जनाएको छ । जिल्लाका सिद्वार्थनगर, तिलोत्तमालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको छ ।

प्रतिक्रिया