गाई काटिएको विरोधमा झापामा प्रर्दशन
काठमाडौं । झापाको कनकाईमा गाई काटिएको विषयलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गसमेत केही समय अवरुद्ध भएको छ ।
घटनाको विरोधमा धर्मगुरुहरु सडकमा उत्रिएका हुन् । गोलो गोवर्धन गौशाला सतासीधामका संरक्षक नन्दकिशोर भारद्वाजको नेतृत्वमा गुरुहरूको टोलीले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो ।
मङ्गलबार दिउँसो १ बजेतिर गाई काटिएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय लीलाप्रसाद सिलवालको लैनोगाई चोरी भएको थियो । काटिएको गाईलाई विधिपूर्वक कन्काई माईमा लगेर अन्त्येष्टि गरिएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बाह्रदशीका बुदना आलम लगायतलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया