बी.आर.आई.मा कांग्रेस-एमालेको समान धारणा छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा रहेको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना कांग्रेसको रहेको बताएका हुन् ।

उनले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा नेपाली कांग्रेसका लागि नयाँ र नौलो नभएको बताए ।

चीनसँग यसअघि भएका दर्जनौं समझदारीहरूमा हस्ताक्षर र कार्यान्वयनको अपेक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट राखेको उनी बताउछन् ।

प्रतिक्रिया