श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार मानिसहरु प्रभावित

एजेन्सी । श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको छ ।

विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक डिएमसी जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका २४ हजार १ सय ५९ परिवारका ८२ हजार ७ सय ९६ जना प्रभावित भएको बताए । उनले मौसमी प्रभावले छ जना घाइते भएको तथा सयौँ घरहरू क्षतिग्रस्त भएको उल्लेख गरे ।

मौसम विज्ञान विभागले प्रतिकुल मौसमी प्रभाव दक्षिणपश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १ सय ९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको बुधबार बताएको छ ।

विभागका अनुसार मौसमी प्रभाव  श्रीलङ्काको पूर्वी तटको नजिक सर्ने र बुधबार थप तीव्र भइ चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको  छ ।

प्रतिक्रिया