अमेरिकी राष्ट्रपति ट्रम्प फुल्टन काउन्टी जेलमा हाजिर, दुई लाख डलर जमानतमा रिहा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पूर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन । आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई २ लाख डलरको धरौटीमा रिहा गरेका छन । यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो । ट्रम्पले आत्मसमर्पण गर्नु अघि ठूलो संख्यामा भेला भएर उनका समर्थकहरुले जेल बाहिर प्रदर्शन गरेका थिए ।  समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए । सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनावी नतिजा उल्टाउने षड्यन्त्र सहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन् । यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ । ट्रम्प २०२४ मा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको प्रमुख दाबेदार हुन । यसैविच डोनल्ड ट्रम्प फुल्टन काउन्टी जेलमाब अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ३१ महिनापछि ट्वीटरमा फर्किएका छन् । सन् २०२१ को जनवरीमा ट्वीटरले प्रतिबन्ध लाएपछि उनले आज पहिलो ट्वीट गरेका हुन ।  उनले ट्विटमा आफूले जेलमा मग सट दिएको तस्वीर सार्वजनिक गर्दै चुनावमा धाँधली नगरेको बताएका छन ।

प्रतिक्रिया