जासुसी गरेको भन्दै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
एजेन्सी । रुसले जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।
दुतावासमा दोस्रो सेक्रेटरीको रूपमा कार्यरत कुटनीतिज्ञ एडवर्ड विल्क्सलाई देश छाडन आदेश दिइएको हो ।
रूसी संघीय सुरक्षा सेवाले मस्कोमा रहेको दूतावासको आवरणमा अघोषित ब्रिटिश गुप्तचर उपस्थिति देखिएको दाबी गरेको हो । कूटनीतिज्ञले रूसी संघको सुरक्षालाई खतरामा पार्ने गुप्तचर र विध्वंसक कार्यहरू सञ्चालन गरेको संकेत फेला परेको रुसको दाबी रहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायती प्रधानमन्त्री केयर स्टाररका प्रवक्ताले कूटनीतिक निष्कासन बारे आफू अनभिज्ञ रहेको जनाएका छन् ।
प्रतिक्रिया