दाहाल र नेपालले कोशीमा साम्रदायिक हिंसा भड्काउन खोजे: ओली

गिरिबन्धु टि स्टेटबारे जनतामा भ्रम छरिरहेको भनाइ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । बिहीवार भक्तपुरमा पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा दाहाल र नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका हुन् । उनले दाहाल–नेपालले आफ्नो स्वार्थको लागि जनता लडाउन खोजे पनि त्यसलाई एमालेले रोकेर द्वन्द्व बढ्न नदिने बताए ।  
अध्यक्ष ओलीले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टि स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको गुनासो समेत गरे । 
अध्यक्ष ओलीले अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

प्रतिक्रिया