इजरायल र हिजबुल्लाह बीच युद्धविराम सम्झौता

एजेन्सी । इजरायल र हिजबुल्लाह बीच अस्थायी युद्धविराम भएको छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फ्रान्स र अमेरिकाको मध्यस्थतामा लेबनान सँगको लामो समय देखि प्रतिक्षा गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ६० दिनको अस्थायी युद्धविरामा दक्षिणी लेबनान बाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख  छ । लेबनानी विद्रोही संगठन हिजबुल्लाह र इजरायल बीच भएको ६० दिने युद्धविरामलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम सम्झौताको स्वागत गर्दै यसलाई सुखद खबर बनेका छन् । 

युद्ध इजरायलले शुरु नगरेको तर, लेबनानी जनताले यो युद्ध नचाहेको उनको भनाइ छ । बेलायत र फ्रान्स लगायत धेरै देशले सम्झौताको स्वागत गरेका छन् । सम्झौता पछि लेबनान र इजरायल बीचको सिमानामा जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ । 

इजरायल र हिजबुल्लाह बीचको युद्धमा लेबनानमा ३ हजार ७ सय मानिस मारिएका छन् भने १० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । 

प्रतिक्रिया