किन ल्याइएन् रवि लामिछानेलाई काठमाडौं ?

काठमाडौं । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं नल्याइने भएको छ ।

सभापति लामिछानेलाई बयानका लागी आज मंगलबार काठमाडौं ल्याइने भनिएको थियो । तर, काठमाडौंका एसएसपी छुट्टीमा भएपछि उनलाई काठमाडौं नपठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा सभापति लामिछानेको संलग्नता देखिएको छ । अनुसन्धानका लागी आज काठमाडौं ल्याइँने भनेपनि यद्यपि अबभने अनुकूलता हेरेर मात्र काठमाडौं ल्याइँने भएकोे हो । कास्की प्रहरीको चाहना निर्णायक नहुँदा लामिछानेलाई आज कास्कीबाट काठमाडौं नपठाइएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरे आमा विरामी भएका कारण आइतबारदेखि नै छुट्टीमा छन् । उनको अनुपस्थितिमा जिल्ला प्रहरी काठमाडौंको चार्ज एसपी नवराज अधिकारीले बुझेका छन् । 

तर, सहकारी ठगी संवेदनशील मुद्दा भएका कारण त्यसको अभियोजनकार्य कार्यालय प्रमुखको अनुपस्थितमा नगर्नु भन्ने संगठनको माथिल्लो निकायको निर्देशन रहेको प्रहरीको भनाइ छ ।

सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । हाल लामिछाने कास्की प्रहरीको हिसातमा छन् ।

प्रतिक्रिया