प्राधिकरणलाई नियमन आयोगले भन्यो- बक्यौता उठाउने बाहेक अरू निर्णय नगर्नु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरु सबै निर्णयहरु यथास्थितिमा नियमनकारी निकाय विद्युत् नियमन आयोगले निर्देेशन दिएको छ ।

आयोगका अध्यक्ष डा. रामप्रसाद धितालका अनुसार मन्त्रिपरिषद्ले जाँचबुझ समिति बनाएकाले त्यसको रिपोर्ट नआउँदासम्म अन्य निर्णय नगर्न निर्देशन दिइएको हो । 

‘बक्यौता उठाउने कुरामा सम्झौता हुँदैन । स्पष्ट रूपमा उठाउने भनेका छौँ । बाँकी कुरा यथास्थितिमा राख्न भनिएको हो ।’ जाँचबुझ समितिको रिपोर्ट आएपछि पैसा बढी आएको भए समायोजन गर्न पनि निर्देशन दिइएको हो’, अध्यक्ष धितालले भने ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र महसुल नबुझाए लाइन काट्ने चेतावनी दिएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणको सञ्चालक समितिले उद्योगीलाई दिएको समय भोलि सकिँदैछ ।

प्रतिक्रिया