लीलाबल्लभ अधिकारी रिहा हुनुले हामीमाथि प्रतिशोध साँधेको पुष्टि हुन्छ : मनिष झा

काठमाडौं । एमालेका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्धा नचल्ने निर्णय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।

रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा पूर्वमन्त्री अधिकारीमाथि कानूनी कारवाही नभएको घटनाले थप पुष्टि गरेको दाबी गरेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक प्रवक्ता मनिष झाले आफूहरूमाथि चौतर्फी भाला प्रहार भइरहेको बताए ।

‘हामीमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा हामीले अब प्रमाणित गर्नै नपर्ने भइसक्यो । त्यसको आधार हामीले दिइराख्नै पर्दैन । लीलाबल्लभ अधिकारीलाई कानूनी कारवाही नहुने, मुद्दा पनि दायर नहुने भन्ने कुराले प्रमाणित गरिसक्यो । तर, पनि हामी अदालतलाई सम्मान गर्छौँ’, प्रवक्ता झाले भने ।

उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर अफवाह फैलाएको समेत बताए ।

प्रतिक्रिया