सुनकोशी–मरिण डाइभर्सन आयोजनाको काम तीव्र, ८ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न
सिन्धुली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तिव्र गतिमा भइरहेको छ । आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्ये एघार महिनामै लक्ष्यभन्दा बढी ८ दशमलव २ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । आयोजनास्थल सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटारबाट गत असोज महिनादेखि सुरुङ खन्न थालिएकोमा हाल खन्ने काम चुरे क्षेत्र पार गरेर महाभारत गढतीर क्षेत्रमा प्रवेश गरेको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण गर्ने काम पानीको सतह घटन थालेपछि सुरु गरिने बताइएको छ ।
कुल लागत ४६ अर्व १९ करोडमा निर्माण गर्न लागिएको आयोजनामा हालसम्म ८ अर्व ८६ करोड खर्च भएको छ । सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट मधेश प्रदेशका आधा दर्जन जिल्लाका १ लााख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाई पु¥याउने लक्ष्य लिइएको छ । आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटर माथी सुनकोशी नदीमा १५८ मिटर लामो व्यारेज, १५० मिटर लामो डिसेण्डिङ्ग बेसिन, टनेल इण्ट्री पोर्टल, ५ दशमलव ५ मिटर व्यास भएको १३ दशमलव ३ किलोमिटर लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विधुत गृह ४४ किलोमिटर लामो विधुत प्रशारण लाईन निर्माण गरिने छ ।
प्रतिक्रिया