एशिया कपको तयारीका लागि नेपाली टोलीद्वारा कराँचीमा अभ्यास शुरु
सन्दीप लामिछाने पनि प्रतियोगितामा सहभागी हुने संभावना
एसिया कप २०२३ को अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजवाट कराँचीमा अभ्यास सुरु गरेको छ । बुधबार दिउसो पाकिस्तान पुगेको टोलीले आजवाट अभ्यास थालेको हो । कराचीमा नेपालले त्यहाँ एक साता तयारी गर्नेछ । यसैविच नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीप आइतबार राती पाकिस्तान जाने भएका छन् । मुद्दाको आइतबार जिल्ला अदालतमा पेशी छ । एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्नेछ त्यसपछि नेपाल घरेलु टिम पाकिस्तानसँग खेल्न मुल्तान पुग्नेछ । एकदिवसीय फम्र्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन् । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन । एसिया कपको पहिलो पहिलो खेल नेपालले भदौ १३ पाकिस्तानसँग खेल्नेछ । नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ । नेपालले दोस्रो खेलमा भारतविरुद्ध भदौ १८ मा श्रीलंकामा खेल्नेछ । तीन–तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन । सुपर फोरपछि एसिया कपको फाइनल भदौ ३१ मा हुनेछ ।।
प्रतिक्रिया