दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतमा उपस्थित गराइयो
काठमाडौं । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वाेच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबारे दर्ता भएको रिट निवेदको सुनुवाइ गर्दै सर्वाेच्चले गत आइतबार सर्बाेच्चमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेश बमोजिम प्रहरीले प्रसाईंलाई सर्वाेच्चमा उपस्थित गराएको हो ।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली विरुद्ध मिथ्या र गलत सामग्री सहित दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भक्तपुर निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौंले प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो ।
प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ ।
प्रतिक्रिया