रवि दाइलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर !

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहाइको माग गर्दै माइतिघर मण्डलामा प्रदर्शन भएको छ । 

‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘रवि दाइलाई रिहा गर’ लगायतका माग सहित स्वतन्त्र युवा समुहले माइतीघरमा मंगलबार प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको पनि सहभागी थिइन् ।

कास्की जिल्ला अदालतले पाँचौं पटक आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ । उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । 

सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया