घरको फोहोर सडकमा फाल्ने १ जनालाई काठमाडौं महानगरले तिरायो जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने एक जना व्यक्तिलाई जरिवाना तिराएको छ ।
काठमाडौं–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै १० हजार जरिवाना गराइएको हो ।
यसअघि हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।
पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रामक देखिएको छ । महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ ।
महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो ।
प्रतिक्रिया