काठमाडौं उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’
काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’ बनेको छ ।
वातावरण विभागका अनुसार, आज(मंगलबार) बिहान काठमाडौंको रत्नपार्क र ललितपुरको खुमलटार अस्वस्थकर देखिएको हो ।
आज बिहान वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स एक्यूआई दुवै स्थानमा १६० पुगेको छ । विभागका अनुसार, पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानको औसत एक्यूआई १ सय ५९ सम्म पुगेको थियो ।
हाल काठमाडौंको वायुमा पी.एम.को मात्रा ६८.४ सम्म पुगेको छ । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यस भन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो, उति हानिकारक मानिन्छ ।
प्रतिक्रिया