सन्धिखर्कमा म हिंसा गर्दिनमा हस्ताक्षर
प्रेमनारायण आचार्य
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा बिभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।
हामी सबैको प्रतिबद्धता, लैंगिक हिसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ शुरु भएको १६ दिने अभियानको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिने नगर उपप्रमुख मिश्रा आचार्यले बताइन् ।
१६ दिने अभियानको पहिलो दिन र्याली सहित सन्धिखर्कका बिभिन्न भाग परिक्रमा गरिएको थियो । सो अवसरमा सहभागी महिलाले पञ्चेबाजा बजाएका थिए ।
र्यालीपछि सहभागीले नगरपालिकामा म हिंसा गर्दिन, गरेको सहन्न, कसैले गरेको थाहा पाए यसको आवाज उठाँउछु भनी हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, जिल्ला समन्वय उपप्रमुख लक्ष्मी ज्ञवाली, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, अन्तरपाटी महिला सञ्जालका चन्द्रा गैरे, दीपा आचार्य लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया