नेपाल राष्ट्र बैंकले लगायो कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाह गर्न रोक
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको नेपालगन्ज शाखालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।
राष्ट्र बैंकले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने उद्देश्यले यो शाखालाई निक्षेप लिन तथा थप कर्जा प्रवाहमा रोक लगाइएको जानकारी दिएको हो ।
बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली बमोजिम ६ महिना भित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा केन्द्रीय बैंकले आज देखि थप निक्षेप संकलन गर्न रोकेको हो ।
त्यस्तै नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइ शीघ्र सुधारात्मक कारबाही गरिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया